पोखरा ।
पोखरामा अनुगमनका क्रममा भेटिएको म्याद नाघेको ठुलो परिणामको बर्डवाइजर नामक बियर नस्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्किको नेतृत्वमा संयुक्त अनुगमन टोलिले मंगलबार लाभाजु इन्टरप्राइजजेज पर्स्याङबाट बरामद गरिएको म्याद गुज्रेका बियरलाई बुधबार पोखरा मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा नष्ट गरिएको हो ।
३५० मिलि लिटरको ३१६ कार्टुन र ११ बोत्तल, ३३० मिलि लिटरको को ५ कार्टुन र थप ११ वटा बोत्तल बियर नष्ट गरिएको हो । नष्ट गरिएको बियरको मुल्य १३ लाख ९८ हजार रुपैयाँ बराबरको रहेको छ । बियरको म्याद जुन महिनामै सकिएको भेटिएको थियो ।
महेन्द्रपुला रहेको सेलवेजले उपभोक्तालाई ती बियर विक्री गरेको थियो । सेलवेजले लामाजु इन्टरप्राइजेजबाट खरिद गरेको जानकारी दिए पछि अनुगमन टोलिले लाभाजुमा छापा हानेको थियो ।
साथै, म्याद गुज्रेको बियर बेच्ने लाभाजु इन्टरप्राइजेजलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीका नासु शिवप्रसाद शर्माले जानकारी दिए । मंगलबार पिकनिक कार्यक्रम २४ बोत्तल पिइसकेपछि मात्र बियरको म्याद २ महिनाअघि नै गुज्रिसकेको थाहा भएको थियो ।













