गृहमन्त्रीलाई दबाबमा नपर्न कांग्रेस नेताहरूको सुझाव

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कांग्रेसका युवा नेताहरूले आफुहरु साथमा रहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा दबाबमा नपर्न ढाडस दिएका छन् ।

कांग्रेस नेता बालकृष्ण खाँण पक्राउपछि कांग्रेसकै युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिएका हुन्।

केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण लगायतले गृहमन्त्री भेट्न सिंहदरबार पुगेका थिए ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको अनुसन्धान अघि बढेकोमा उनीहरूले गृहमन्त्रीका कदम र प्रहरी प्रशासनका कामप्रति ऐक्यबद्धतासमेत जनाए।

केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण लगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेर कसैको दबाबमा नपरी अनुसन्धानलाई सरकारले अघि बढाउनुपर्ने आग्रह गरेका हुन्।

  • २७ बैशाख २०८०, बुधबार १७:०१ प्रकाशित