पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पौडेलले अब प्रदेश सरकारले नयाँ ढंगबाट काम गर्ने बताएका छन् । कांग्रेस कास्कीले गठबन्धनमा रहेका तीनवटै पार्टीका मन्त्री एवं सांसदहरुलाई एकै ठाउँमा भेला गर्दै आयोजना गरेको कार्यक्रममा सहभागी हुदैं पौडेलले यस्तौ बताएका हुन् ।
पाण्डेले सार्वभौम जनताको हक र अधिकारलाई कुण्डित नदिने बताए । उनले पार्टी र सरकार बिच हुने गरेका असमझदारीलाई सरकारले गम्भीर रुपमा लिई पार्टीको निति अनुरुप काम गर्ने बताए।
उनले सिमित, साधन श्रोतको अधिक्तम प्रयोग गरी कृषि र पूर्वाधारमा लगानी बढाई स्वदेशमा रोजगारीका अवसर बृद्धि गर्ने खालको बजेट ल्याउने बताए ।
मुख्यमन्त्री पाण्डेले जनताले देख्न सक्ने किसिमको बजेट अहिलेको आवश्यकता रहेको बताएका थिए । उनले यस प्रदेशमा रहेका कृषि र खानेपानी योजनाको लिफ्टीङ्को विद्युत महशुल वर्तमान प्रदेश सरकारले व्यहोर्ने निर्णय गरीसकेको जानकारी समेत गराए ।













