काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण आज बिहान पक्राउ परेका छन् ।
प्रहरीले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्दा घरको ढोका नै फुटाउनु परेको बताइएको छ। खाणले घरको ढोका खोल्न आनाकानी गरेपछि पक्राउ गर्न पुगेको प्रहरी टोलीले ढोका नै तोडेको हो ।
सो क्रममा केहीबेर तनावको स्थिति बनेको बताइएको छ । प्रहरी स्रोतका अनुसार सुरुमा प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीलाई नियन्त्रणमा लियो । त्यसपछि खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । तर, निकै बेर खोलेनन् ।
निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिइएको घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृतले बताए ।














