जसपाको बैठक बस्दै, अधिवेशन र मन्त्रीबारे छलफल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सरकारमा पठाउन बाँकी एक मन्त्री, समसामयिक राजनीतिक परिस्थिति, पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सरकारमा हाल जसपाबाट अशोक कुमार राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री छन् । जसपाले अझै एक जना मन्त्री सरकारमा पठाउन बाँकी छ ।
आजको बैठकमा जसपाको विधान अधिवेशनबारे पनि छलफल हुनेछ । जसपाले आगामी जेठ १, २ र ३ गते विधान अधिवेशनको मिति तोकेको छ ।

  • २७ बैशाख २०८०, बुधबार १०:२७ प्रकाशित