युरो घट्दा आज डलरको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार फेरि युरोको भाउ घटेको छ ।

हिजो बढेको युरोको भाउ आज पुन घटेको हो । आज यरो एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा बिक्रीदर १४४ रुपैयाँ ४६ पैसा छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैया ९२ पैसा थियो ।

आज डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०४ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको छ ।

  • २७ बैशाख २०८०, बुधबार ०९:४८ प्रकाशित