आगो निभाउने क्रममा जलेर तीनको जना ज्यान गयो

केन्द्रभाग मिडिया

अर्घाखाँची । अर्घाखाँचीमा आगलागीमा परी तीन जनाको ज्यान गएको छ ।

भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको मृज्यान गएको हो । मंगलवार दिउँसो भूमिकास्थान– २ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको उपचारको क्रममा ज्यान गएको हो ।

सो आगलागीमा परी घाइते भएकालाई सुरुमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पाका लागि रेफर गरिएको थियो । पाल्पा मिशन अस्पतालमा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा तीनैजनाको बाटोमै ज्यान गएको जनाइएको छ ।
आगलागीमा परेर घाइते अर्का ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ । उनको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

  • २७ बैशाख २०८०, बुधबार ०९:०१ प्रकाशित