गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिन लागेका हुन् ।
प्रि-बजेटका बारेमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सासदहरुले उठाएका सवालको जबाफहरू भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा प्रि(बजेटका बारेमा सदनमा छलफल भएको हो ।