दुई केजी गाँजासहित पोखरा शितलाबस्तीका बसन्त प्रकाउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा दुई केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका १८ शितलाबस्ती बस्ने २५ वर्षीय बसन्त सुवेदी दुई केजी गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत पोखरा महानगरपालिका ३० पावरहाउसमा पोखरातर्फ आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा सुवेदी गाँजासहित प्रकाउ परेका हुन् ।

उनको साथबाछ २ केजी ७ सय ८२ ग्राम गाँजा र एउटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।प्रकाउ परेका सुवेदीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २६ बैशाख २०८०, मंगलवार १५:३८ प्रकाशित