अब सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

कक्षा ९–१२ को सामाजिक विषयको परीक्षा अब नेपाली भाषामै दिनुपर्ने भएको छ ।

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पठनपाठन र परीक्षा नेपाली कि अंग्रेजीमा भन्ने विवाद देखिए पछि अन्ततः पठनपाठन र परीक्षाको माध्यम भाषा नेपाली नै हुने भएको हो । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषयको माध्यम भाषा नेपालीमात्र हुने तय गरेको छ ।

कक्षा १२ को परीक्षा सुरु हुनुअघि राष्ट्रिय परीक्षा बोर्डले सामाजिक अध्ययन विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारेपछि विद्यार्थी, शिक्षक र अभिभावक द्विविधामा परेका थिए ।

निजी र अंग्रेजी माध्यममा पठनपाठन गराउने विद्यालयले सामाजिक विषय पनि अंग्रेजी माध्यममा नै पठनपाठन हुनुपर्ने र परीक्षा पनि अंग्रेजी माध्यमबाटै दिन पाउनुपर्ने माग राख्दै आएका छन् ।

  • २६ बैशाख २०८०, मंगलवार १४:५४ प्रकाशित