काठमाडौँ ।
दार्चुलाको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ ।
ब्यास गाउँपालिकामा हिमपहिरोमा बेपत्तामध्ये ईश्वरी थापाको शव भेटिएको उद्धारमा खटिएका प्रहरीले बताएका छन् । सशस्त्र प्रहरी बल नम्बर–५० गुल्म छाङरुबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेर पोष्मार्टमका लागि अस्पताल पठाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
२८ वर्षीया ईश्वरी डोटीको जोरायल गाउँपालिका–२ की स्थानीय हुन् । छ । यसअघि सो ठाउँमा ३ जनाको शव भेटिएको थियो ।














