काठमाडौं ।
एसियन क्रिकेट काउन्सिल ९एसीसी०को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता श्रीलंकामा सर्ने सम्भावना बढेको छ । पछिल्लो समय भारत र पाकिस्तानबीचको विवादका कारण पाकिस्तानको सट्टा श्रीलंकामा हुने सम्भावना बढेको हो।
भारतीय अनलाइन इन्डियन एक्सप्रेसले एसिया कप श्रीलंकामा हुन सक्ने समाचार प्रकाशित गरेको छ ।यसअघि आयोजकको रुपमा तोकिएको पाकिस्तानमा गएर भारतले नखेल्ने बताएपछि एसिया कप आयोजना नै अन्योलमा छ।
भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई०का सचिव जय शाह, जो एसीसीका अध्यक्ष समेत हुन्, उनले भारतीय टिम बोर्डर क्रस गरेर पाकिस्तान नजाने बताएपछि आयोजनास्थल नै सार्ने निर्णय गर्नुपर्ने अवस्था आएको हो ।
श्रीलंका, बंगलादेश र अफगानिस्तानले एसिया कप पाकिस्तानबाट सार्नुपर्ने पक्षमा रहेको विभिन्न रिपोर्टले जनाएको छ ।
नेपालले पनि यस पटक एसिया कप खेल्दैछ ।