अनलाइनमा बाल सुरक्षा चुनौति

केन्द्रभाग मिडिया

पोखरा ।
अनलाइनमा बाल सुरक्षा चुनौतिको रुपमा देखिएको छ । सोमबार पोखरामा सृजनशिल समाज नेपालको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सहकार्यमा आयोजनामा भएको कार्यक्रममा अनलाइनमा बाल सुरक्षा चुनौति आवश्यकता र आगामी कार्यदिशा बिषयक उक्त कुरामा छलफल गरिएको हो।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले अनलाइन सम्बन्धी शिक्षा बालबालिका सगै अभिभावक लाई पनि दिनु पर्ने बताए । उनले अनलाइन सम्बन्धी बिद्ययमान कानुन प¥याप्त नभएको जनाए ।

गण्डकी प्रदेश सभाका उपसभामुख विनाकुमारी थापाले सुचना र प्रबिधिको विकास सगै चुनौति पनि थपिएको बताइन् । बालबालिका लाई साइवर सुरक्षाबाट जोगाउन घर र बिद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै नेपाल प्ररहीको साइवर ब्युरो का एसपी पशुपति कुमार राईले अनलाइनमा बाल यौन शोषणको बारेमा जानकारी गराए । उनले अनलाइनले गर्दा बालबालिकाहरुमा थप चुनौति थपिएको बताए ।

अधिबक्ता बाबुराम अर्यालले अनलाइनमा बाल सुरक्षा चुनौति आवश्यकता र अगामी कार्यदिशा को बारेमा कार्यपत्र प्रस्तुत गरे । उनले बाल अधिकार संरक्षण सम्बन्धी संबैधानिक ब्यवस्थाको बारेमा चर्चा गरे ।

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक बिजय रोहितले साइवरमा सबै भन्दा बढि प्राभावित समुह वालवालिका रहेको बताए । अनाइन सेवा लिए सगै चुनौति पनि थपिएको जनाए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदश्यहरु बिन्दु अधिकारी पहाडी,देवका पहारी त्रिपाठि,भक्त कुवँर,गण्डकी प्रदेश सभाका सचिव हरिराज पोख्रेल,मुख्यमन्त्री कार्यलयका सचिव मनमायाँ भट्टराई पंगेनी,सामाजिक विकास तथा स्वाथ्य मन्त्रालयका सचिव हेमराज सुवेदि,सृजनशिल नेपालका अध्यक्ष नवराज ढकाल लगाएतले अनलाइनमा बला सुरक्षा सम्बन्धी बिषयको बारेमा बोलेका थिए ।

  • २५ बैशाख २०८०, सोमबार १८:२९ प्रकाशित