जब स्वतन्त्र सांसद अमरेशकुमारले प्रतिनिधिसभा बैठकमै उतारे कपडा …

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुरमा सिंहले कपडा खोलेका छन्।सभामुख देवराज घिमिरेले उनलाई बोल्न नदिएपछि बैठकमा कपडा उतारेर विरोध जनाएका हुन्।

सांसद सिहंले बैठकमा उठेर कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन भन्दै प्रतिनिधि सभाको नियमावली अनुसार चेतावनी समेत दिए।
बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिएपछि उनी रोकिएपछि कारबाही अगाडि नबढेको सभामुख सचिवालयले जनाएको छ ।

सिंहले बजेट बिचौलियाले बनाउने गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा बोल्न नदिएपछि कपडा उतारेका सिंह बैठकबाट बाहिरिएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताए।

उनले भने, ‘बजेट बिचौलियाले बनाउँछन् अर्थमन्त्रीले पढ्छन् सांसदहरूले ताली बजाउँछन्। के बजेटबारे छलफल हुन्छ रु मैले धेरै समय मागेको थिइन। दुई मिनेट बोल्न दिइएन।’

  • २५ बैशाख २०८०, सोमबार १५:१४ प्रकाशित