इन्डिकेटरले विमानमा समस्या देखाएपछि श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।इन्डिकेटरले विमानमा समस्या देखाएपछि श्री एयरलाइन्सको जहाज बीचबाटै फर्किएको छ ।

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि बीच बाटोबाटै भैरहवा फर्किएको चालक दलका सदस्यहरुले बताएको जनाइएको छ ।
चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएको बताइए पनि कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन ।

उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं जाँदै थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाजमा समस्या देखिदाँ भैरहवा नै फर्किएको हो ।भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९स्४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो ।

  • २५ बैशाख २०८०, सोमबार १०:४० प्रकाशित