आज कति पुग्यो डलर, युरोको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (सोमबार) डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १० पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ९० र बिक्रीदर १४४ रुपैयाँ ५६ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको छ ।

 

  • २५ बैशाख २०८०, सोमबार १०:०५ प्रकाशित