सत्तारुढ दल सरकार परिवर्तनको खेलमा मात्र लाग्यो : ओली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल केवल सरकार परिवर्तनको खेलमा मात्रै लागेको आरोप लगाएका छन् । देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल भएको ओलीले आरोप लगाएका छन् ।

आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मंसिर ४ मा चुनाव भएको आज वैशाख २४ गते भइसक्यो । यी बितेका महिनासम्म सरकार परिवर्तनका खेलहरु मात्र भए । स्थानीय तहमा सरकार परिवर्तन गर्न नमिल्ने भएकाले हो नत्र त्यहाँ पनि यही खेल चलिरहन्थ्यो । प्रदेशमा त्यही खेल चलाइरहेका छन् । देशका लागि होइन, आफ्नो गुटगत स्वार्थ हेरेर त्यही काम गरिरहेका छन् ।’

१०–१० वटा पार्टी मिलेर पनि सरकार बनाउन नसकेको भन्दै ओलीले व्यङ्ग्यसमेत गरे ।

  • २४ बैशाख २०८०, आईतवार १६:४६ प्रकाशित