मुगु ।
हिम पहिरोमा परेर तीन जना ज्यान गएको छ ।
शनिवार जुम्लाको पातारासी गाउँपालिका-२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको ज्यान गएको जनाइएको छ ।
उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा मृत्यु भएको जुम्ला प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
१५ जनाको टोली शनिवार यार्सा सङ्कलनका लागि उक्त स्थानमा गएको थियो ।घटनाको थप विवरण आउन भने बाँकी रहेको जुम्ला प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।














