साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज (शुक्रबार) डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८८ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ४२ र बिक्रीदर १४५ रुपैयाँ ०८ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ पैसा रहेको छ ।

  • २२ बैशाख २०८०, शुक्रबार १०:२० प्रकाशित