गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत मागेका थिए । मुख्यमन्त्री पाण्डेको प्रस्तावको पक्षमा ३५ सांसदले मत दिएका हुन् ।

उनलाई नेपाली कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद गरी ३५ सांसदको मत प्राप्त गरेका हुन् । उनको विपक्षमा नेकपा एमाले मत दिए । पाण्डेको विपक्षामा २२ मत प¥यो । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का २ सांसद भने तटस्थ बसे ।

मुख्यमन्त्री पाण्डेले ३५ सांसदको समर्थनमा वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

  • २१ बैशाख २०८०, बिहीबार १७:०४ प्रकाशित