सर्भियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्भियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा १३ वर्षीय बालकले गोली चलाएका छन् । उनको गोली प्रहारबाट ९ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको ज्यान गएको बीबीसीले जनाएको छ । ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् ।

राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई देशकै सबैभन्दा कठिन दिन भन्दै तीन दिन शोकको घोषणा गरेका छन् ।उनले आक्रमणको योजना पहिलेदेखि बनाएको र क-कसलाई मार्ने भनेर सूची तयार पारेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै बुवाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गरेका थिए । प्रहरीले उनका बुवालाई पनि पक्राउ गरेको छ ।

  • २१ बैशाख २०८०, बिहीबार १०:०३ प्रकाशित