तनहुँ ।
तनहुँको बन्दिपुर गाउँपालिका-५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भई घरमा ठोक्किन जादाँ तीन जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डमा बुधबार विहान ९ : २० बजे अनियन्त्तित भएर घरमा ठोक्किएको प्रहरीको भनाइ छ । डुम्रेबाट मुग्लिनतर्फ जाँदैगरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा घाइते भएको आठमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पैदल यात्रीहरु र सोही घरमा बस्ने तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।














