दार्चुला हिमपहिरो अपडेट : बेपत्ता पाँच मध्ये तीनजनाको शव भेटियो

केन्द्रभाग मिडिया

File photo

दार्चुलाको व्याँसमा हिमपहिरोमा बेपत्ता भएका पाँचमध्ये तीनजनाको शव भेटिएको उद्धारमा खटिएका शसस्त्रले बताएका छन् । दुई महिला र एक पुरुषको शव भेटिएको हो।

खोज तथा उद्धारमा खटिएका छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले बेपत्ता भएको ठाउँबाट करिब दुई किलोमिटर तल हिउँमा तीनजनाको शव भेटिएको जानकारी दिएका छन्।

दार्चुलाको दुहु गाउँपालिका- ४, पोक्सेका १८ वर्षीय प्रवीण कुँवरको शवको पहिचान भएको छ। अन्य दुई महिलाको शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दार्चुलाको व्याँस गाउँपालिका– १, भोलुङमा मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा टिप्न गएका पाँचजना बेपत्ता भएका थिए। बेपत्ता दुईजनाको अवस्था अज्ञात छ।

हिमपात हुन थालेपछि त्रिपालको टेन्टमा बसिरहेका वेला खसेको हिमपहिरोमा पाँचजना बेपत्ता भएका हुन् भने सातजना भागेर ज्यान जोगाउन सफल भएका थिए।

  • २० बैशाख २०८०, बुधबार १६:३७ प्रकाशित