काठमाडौं ।
आज पाचौं दिन पनि नेप्से ओरोलो लागेको छ ।
मुलुक आर्थिक मन्दीको चरणमा धकेलिंदा सेयर बजार परिसूचक नेप्सेको कारोबार रकम घट्दै गएको छ । गत मंगलबार बढेर बन्द भएको नेप्से बुधबारपछि लगातार पाँचौ कारोबार दिन पनि घटेको हो ।
साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ९।१८ अंकले गिरावट हुँदा १८५७।२३ विन्दुमा बन्द भएको छ । यस्तै आर्थिक मन्दीको प्रभाव बढ्दै जाँदा कारोबार रकम पनि ६२ करोडमा सीमित भएको छैन । १८ हजार ८७६ वटा कारोबारमा २१ लाख ५५ हजार ५८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ६२ करोड २ लाख ६६ हजारको कारोबार भएको छ । मंगलबार ६९ करोडको कारोबार भएको थियो ।
उत्पादनमूलक र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । होटल तथा पर्यटन उपसूचक १।४८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १।२४ प्रतिशत र अन्य उपसूचक १।०५ प्रतिशतले गिरावट भएको छ ।