काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंमा कार्यरत तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा भट्टराईको १ करोड १५ लाख २९ हजार १ सय ९३ रुपैयाँ ७१ पैसा विगो कायम गरी मुद्दा दायर गरेको हो ।
सुन्दर भट्टराईलाई बिगो एक करोड पन्ध्र लाख उनन्तीस हजार एक सय त्रियानब्बे रुपैयाँ एकहत्तर पैसा कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद तथा जरिवानाको सजाय हुन एवं निज सुन्दर भट्टराईले जाँच अवधिमा गैरकानूनी आर्जन गरेको १ करोड १५ लाख २९ हजार १९३.७१ स्रोत नखुलेको चलअचल सम्पत्तिबाट तथा आंशिक रुपमा श्रोत खुलेको चलअचल सम्पत्तिबाट साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) तथा दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफतरअसूल उपर गरी पाउन मागदाबी लिइएको छ,’– आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।














