फिर्केखोला अतिक्रण छानबिनका लागि अख्तियारमा निवेदन

केन्द्रभाग मिडिया

पोखरा ।
फिर्केखोला अतिक्रमणको छानबिन गर्न वातावरण संरक्षणका लागि महाअभियान  र नागरिक समाज कास्कीले माग गरेको छ । दुई संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयलाई खोला अतिक्रमण छानबिनका लागि निवेदन दिएका हुन् ।
फेवाताल जलाधारको रुपमा रहेको फिर्केखोला पछिल्लो समय व्यापक अतिक्रमणको चपेटामा परी दुर्गन्धित ढलमा परिणत हुदैँ गएकोमा उक्त निवदेदनमा चिन्ता व्यक्त गरिएको छ ।

निवेदनमा खोलाको झण्डै एक सय ५० रोपनी जग्गा विभिन्न व्यक्ती, शक्तिकेन्द्र, शिक्षण संस्था, सामाजिक संस्था लगायता जातीय संघ–संस्थाले निर्वाधरुपमा अतिक्रम र भोगचलन गरिरहेको उल्लेख छ ।

पटक पटक लिखित ध्यानकर्षण गराउदा समेत स्थानीय सरकार, प्रशासनबाट कुनै सुनुवाई नभएकाले अख्तियार कार्यालय पोखराको तर्फबाट छानबिन गर्न आग्रह गरिएको नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचन र वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलद्वारा हस्ताक्षर गरिएको निवेदनमा उल्लेख छ ।

  • १९ बैशाख २०८०, मंगलवार १६:१८ प्रकाशित