यही सरकार रहिरहे देश टाट पल्टिन्छ : ओली

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै सरकार रहीरहे देश टाट पल्टिने दाबी गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत औंल्याए ।

मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराए। ‘पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो ।

असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन । अब यदि १८ महिनाभित्र डेढ वर्षको स्थितिमा, अब यस्तो अवस्थामा अर्थतन्त्र पुगेपछि, अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, ओरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुस्किल हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ,’ उनले भने ।

  • १९ बैशाख २०८०, मंगलवार १६:०२ प्रकाशित