उपेन्द्र यादवले लिए शपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।

वैशाख १० को उपनिर्वाचनमा बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले शपथ लिएका छन् ।

कानून समितिको हल सिंहदरबारमा सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै सभामुखले संसदको लोगो पनि लगाइदिए ।

सोही उपनिर्वाचनबाट विजयी भएका रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ लिइसकेका छन् ।

  • १९ बैशाख २०८०, मंगलवार १४:२२ प्रकाशित