यूएईविरुद्ध नेपालको शानदार जित

केन्द्रभाग मिडिया

काठमाडौं ।
एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध शानदार जित हाँसिल गर्दै नेपाल एसिया कपमा छनोट भएको छ । एसिया कप सेप्टेम्बर १ देखि १४ सम्म पाकिस्तानमा हुँदैछ । नेपालले भारत र पाकिस्तान रहेको समूह ए बाट एसिया कप खेल्नेछ ।

नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।

जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे ।

गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पुरा गरेका हुन् । अघिल्लो महिना गुलशनले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए ।

  • १९ बैशाख २०८०, मंगलवार ११:५१ प्रकाशित