काठमाडौं ।
एसीसी प्रिमियर कप अन्तरगत नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा अलआउट भएको हो ।
युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले कसिलो बलिङ गरे ।उनले जम्मा १४ रन दिएर ४ विकेट लिए ।यस्तै करन केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए ।
यसअघि सोमबार वर्षाका कारण खेल २७ ओभर ३ बलमा रोकिएको थियो ।अब केही समयपछि नेपालले ब्याटिङ गर्नेछ । आज पनि वर्षाको सम्भावना रहेकाले नियमित खेलमा नतिजा नआएमा सुपर ओभरको विकल्प रहने छ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ ।
यदि सुपर ओभर पनि सम्भव नभएमा आईसीसी वरियताको आधारमा अगाडि रहेकाले नेपाल च्याम्पियन बन्नेछ ।