धादिङमा भासिएको पुल अझै बनेन, यात्रु अलपत्र

केन्द्रभाग मिडिया

धादिङ ।

धादिङको गणेश खोलाको पुल अझै मर्मत सम्पन्न हुन सकेको छैन । हिजोदेखि भासिएको पुल मर्मत हुन नसक्दा हिजोदेखि सडक अवरुद्ध छ ।

अपराह्न १२ बजे भन्दा अगाडि कम्तीमा एकतर्फी भए पनि बाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

हिजोदेखि राजमार्ग अवरुद्ध हुँदा हजारौँ सवारी साधन हिजोदेखि अलपत्र छन् ।

  • १९ बैशाख २०८०, मंगलवार ०८:४५ प्रकाशित