नेपाल र यूएईको खेल वर्षाले बिथोलियो, भोलि पुन हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल वर्षाका कारण बिथोलिएको छ । आज बिहान ९ बजेदेखि सुरु भएको खेल पानीले रोकिदाँ भोलि (मंगलबार)पनि हुने भएको छ । मंगलबार बिहान ९ बजेदेखि खेल सुरु हुनेछ ।

नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जाँदा दोस्रो पटक खेल रोकिएको थियो ।

दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोएिकपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरेका हुन् । यूएईले यही स्थितिबाट वैकल्पिक दिन राखिएको मंगलबारको खेल सुरु गर्नेछ ।

 

 

  • १८ बैशाख २०८०, सोमबार १६:१२ प्रकाशित