पोखरामा थ्राइभ ब्रोकरेजकाे सेयर बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा सेयर बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना पोखरा । पोखरामा धितोपत्र सेयर बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम भएको छ । थ्राइभ ब्रोकरेज हाउसको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा नेपालको पुँजी बजारको विगत, वर्तमानको अवस्थाको चित्रण, सेयर बजारको वर्तमान अवस्थाका साथै बजार विश्लेषणको सीप समेत सिकाइएको छ ।

कार्यक्रममा सेयर बजारका जानकारहरूले आफूले लगानी गर्ने कम्पनीबारे अध्ययन गरेर मात्र सेयर गरिद विक्री गर्न कार्यक्रममा सुझाव दिए । कार्यक्रममो उद्घाट शत्रमा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले हल्लाको पछाडि नलागी सम्भावना र समयको विश्लेष गर्नसके कम जनशक्तिले कम समयमा सेयरमा लगानी गरेर फाइदा लिन सक्ने बताए ।

त्यसका लागि सेयर सम्बन्धी जानकारी भने अनिवार्यरुपमा हुन जरुरी रहेको उनको भनाई छ । विश्वमै सेयर बजार उतारचडाव हुनेगरेको चर्चा गर्र्दै नेपालमा वास्तविकता भन्दा नेता र सरकार सञ्चालकहरुको समान्य दृष्टिकोणलाई लिएर समेत बेलाबखत अनावश्यक उतारचढाव हुनेगरेको सुनाए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले सबै क्षेत्रमा अहिले लगानी जोखिममा रहेको धारणा राखे । बैंक तथा वित्तिय क्षेत्रले अस्वभाविक रुपमा बढाएको ब्याजका कारण लागनीकर्ताहरु निरुत्साहित भएको भन्दै उनले लगानीकर्ता निरुत्साहित भएका बेला सेयर बजार सम्बन्धी जानकारीले सेयर कारोवारीहरुमा आसा जगाएको उनको धारणा छ । गण्डकी इन्भेष्मेन्ट फोरमका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सरकारले लगानीकर्ताको समस्या नबुझेको आरोप लगाए ।

राजनीतिक अस्थिरताले सेयर लगानीकर्तामा निरासा छाएको उनको भनाई छ । यद्यपी आफूहरुले आसा भने राखिरहेको र छिट्टै सेयर बजार उकालो लाग्ने उनले अपेक्षा प्रकट गरे । यस्तै थ्राइभ ब्रोेकरेजका प्रवन्धक विशाल अधिकारीले लगानीकर्तामा आधारभुत प्राधिविक ज्ञान हुन जरुरी रहेको बताए ।

थ्राइभ ब्रोकरेज प्रालिका महाप्रबन्धक अन्जनराज पौडेलले मार्केट बुझ्नलाई आवश्यक प्राविधिक ज्ञान आवश्यक रहेकाले सचेतनामुलक कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उक्त कार्यक्रममा सहभागीलाई सेयर विश्लेषक सुवास कार्की सहजिकरण गर्दे विभिन्न ढंगले सेयर कारोवारको अवस्थाको विश्लेषण गर्न सकिने जानकारी गराएका थिए ।

  • १८ बैशाख २०८०, सोमबार १५:४५ प्रकाशित