पुरानै मन्त्रालय पाए सरकारमा जाने रास्वपाको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जाने संकेत गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समितिको बैठकपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता मुकुल ढकालले सरकारमा जानेरनजाने विषयमा शुक्रबार टुंगो लाग्ने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाले पहिले लिएका मन्त्रालय नै दिने बाचा गरेको जिकिर गरे । सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्री प्रचण्ड गृहसहितका मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखन गर्न तयार भएको उनको भनाइ छ ।

“साविकको मन्त्रालय पाएको अवस्थामा सरकारमा जान्छौँ । तर, नीति तथा कार्यक्रम पनि पुनर्लेखन हुनुपर्छ,” उनले भने, “प्रधानमन्त्रीले साविकको मन्त्रालय दिने र नीति तथा कार्यक्रम पुनर्लेखन हुन्छ भनिसक्नुभएको छ । अब हामीले औपचारिक निर्णय गर्न मात्र बाँकी छ ।”

  • १८ बैशाख २०८०, सोमबार १५:१३ प्रकाशित