काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध पाँचौँ विकेट लिएको छ । सन्दीप लामिछानेले रोहन मुस्तफालाई आउट गरेका हुन् ।
यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए । यूएईले ५१ रनमा ५ विकेट गुमाएको छ ।
आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।