काठमाडौँ ।
एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध चौथो विकेट लिएको छ । ललित राजवंशीले रमिज शहजादलाई आउट गरेका हुन् ।
यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए । यूएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ ।आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।