गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा प्रदेश सभाको अधिवेशन आह्वान

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन ।

प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । वैशाख २१ गते बिहीबार २ बजे प्रदेश सभा भवन नदीपुरमा अधिवेशन सूरु हुने प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिइएको छ ।
सोही बैठकमा नवनियुुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् ।

  • १७ बैशाख २०८०, आईतवार १७:०९ प्रकाशित