दोहोरो अंकले घट्यो नेप्से

केन्द्रभाग मिडिया

stock

साताको पहिलो कारोबारको दिन आज (आइतबार) नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज १९.११ अंकले घटेको छ ।

यस दिन नेप्से १.०१ प्रतिशतले घटेर १८७०.६५ बिन्दुमा बन्द भएको छ।आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँ पुगेको छ।

यस दिन २७१ वटा धितोपत्रको ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच भएको हो।आइतबार एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ मूल्य सर्वाधिक ३.३३ प्रतिशतले बढेको छ। यस दिन उक्त योजनाको इकाइ मूल्य ८ रुपैयाँ ६ पैसा पुगेको छ।

यस्तै, ८.५५ प्रभु बैंक डिवेञ्चर २०८७ को मूल्य ३.१८ प्रतिशतले बढेर प्रति डिवेञ्चर मूल्य ८१० रुपैयाँ पुगेको छ।

  • १७ बैशाख २०८०, आईतवार १६:३५ प्रकाशित