काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र स्वार्थीहरु, फटाहा र बुद्धि नभएकाहरूले मान्ने टिप्पणी गरेका छन् ।
एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र स्वार्थी तत्वले मान्ने टिप्पणी गरे ।
उनले भने, ‘राजतन्त्र कि स्वार्थी, फटाहाले मान्छ कि मुर्खले मान्छ । कोही कोही अज्ञानीले पनि मान्छ । एकथरी अज्ञानी हुन्छन् केही पनि बुझ्दैनन् त्यही भएर मान्छन् । अर्कोथरी स्वार्थ साधना गर्नका लागि मान्छन् । दलाल र बुद्धि नभएकाहरुले मान्छन् जन्मिदै यस्तो हुनुपर्छ भनेर ।’













