काठमाडौं ।
वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएका छन् । अस्पतालको अनुसार पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो ।
पर्खाल भत्किएर खसेको इट्टाले तल कोरिडोरमा हिँड्नेहरुलाई लाग्दा ४ जना घाईते भएका हुन् । घाईतेहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।














