प्रधानमन्त्री दाहालको भारत भ्रमण अनिश्चित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अनिश्चित बनेको छ ।

जेठको पहिलो साताभित्र भ्रमण हुने बताइए पनि आजसम्म भ्रमणको मिति तय हुन नसक्दा भ्रमणमा अन्योलता देखिएको छ। प्रचण्डले वैशाख अन्तिम साता जेठको पहिलो साता भारत भ्रमण गर्ने गरी तयारी भए पनि हालसम्म खासै प्रगति हुन नसकेको हो ।

यसअघि परराष्ट्रमन्त्री नभएकै कारण भ्रमणमा ढिलाइ भएको बताइने गरिएको थियो । जसअनुसार सत्ता गठबन्धनले परराष्ट्र मन्त्री नियुक्त गरेर भ्रमणको तयारी गर्न मार्गप्रशस्त गरेको थियो ।

वैशाख ३ गते परराष्ट्र मन्त्रीको शपथ लिएको दिन मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको एजेन्डाबारे दुवै देशका अधिकारीले छलफल गरिरहेका छन् ।

  • १७ बैशाख २०८०, आईतवार १५:३२ प्रकाशित