सरकार र महावीर पुनबीच सिंहदरबारमा वार्ता सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच वार्ता सुरु भएको छ ।

विभिन्न माग राख्दै आन्दोलनमा होमिएका पुनको माग सम्बोधनका लागि सरकारले उनलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बोलाएको हो । अहिले वार्ता चलिरहेको छ ।

वार्तामा सरकारको तर्फबाट उपप्रधान एवम् रक्षा र कानुनमन्त्री पूर्णबहादुर खड्का र मुख्यसचिव शंकरदास बैरागी रहेका छन् । यस्तै पुनको तर्फबाट पुनसहित उनी निकट अरु दुई जना रहेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट शुक्रबारदेखि आन्दोलन थालेका थिए । माइतीघरमा धर्ना दिँदै आएका पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनुपर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने माग राखेका छन् ।

  • १७ बैशाख २०८०, आईतवार १४:१६ प्रकाशित