सुर्खेत ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् ।
प्रदेशसभाको १४ औँ बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन् । उनले कर्णालीका शत्रु भनेका रोग, भोक र विकटता भएको भन्दै सबै दलहरु त्यसको विरुद्धमा एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
प्रदेश सरकारको काम कारबारीका लागि ६१ बुँदे निर्देशन जारी भइसकेकाले त्यसको कार्यान्वयन देखिन थालेको उनले बताए ।













