बुटवल ।
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् ।बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ गराएका हुन् ।
चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।
यसैबीच लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तीन जना मन्त्री नियुक्त गरेका छन् ।नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीहरू धन बहादुर मास्के, सन्तोष पाण्डे, धर्म बहादुर चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका हुन् । मास्के माओवादी केन्द्र , पाण्डे जसपा, चौधरी नागरिक उन्मुक्ति पाटीमा सांसद हुन्।














