काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थनबारे आज निर्णय लिनसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको सदस्यको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर निर्णय लिने उनले बताए ।
उनले आफूहरू देशमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए । सरकारबारे पार्टी र संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिने बताए ।
रविसँगै तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले पनि सपथ लिएका छन् । बारा २ बाट निर्वाचित जसपाका उपेन्द्र यादवको भने आज सपथ भएन ।













