राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुनले आजबाट आन्दोलन थालेका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै पुनले आफ्नो नेतृत्वमा आजबाट आन्दोलनको थालनी गरेका हुन् । पुन नेतृत्वको आन्दोलनले अहिले माइतीघर क्षेत्रमा धर्ना एवं जुलुस निकालेका छन् । पुनको सरकारले नवप्रवर्तन र आविष्कारका क्षेत्रमा लगानी गर्नुपर्नेसहित चारवटा माग रहेको छ ।
वैज्ञानिक पुनले केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा। प्रकाशशरण महतसहितलाई ज्ञापनपत्र बुझाएर आन्दोलनबारे अवगत गराएका थिए ।
यी हुन् पुनका माग
पहिलो, संघीय सरकार र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषमा राखोस् ।
दोस्रो, कोषमा राखेको रकमलाई खर्च गर्नका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सहज रुपमा प्रतिभा भएका युवाहरुलाई पुयाउनको लागि छुटै कानुन बनाओस्।तर सार्वजनिक खरिद अन्तर्गत कानुन नबनाओस् ।
तेस्रो आविष्कार केन्द्रमा लागेर कसैले कुनै चीज बनाउँछ भने बनेको चीजलाई लाइसेन्स दिनुपर्ने, दर्ता गर्नुपर्ने दर्ता गर्नको लागि छुटै कानुन बनाइयोस्
चौथो यो सबै कुराहरुलाई हेर्नको लागि सहज रुपमा सञ्चालन गर्नको लागि अनुसन्धान प्रवर्तन र विभाग बनाइयोस् , र सबै काम त्यही विभागले गरोस् । प्रतिभा भएको मान्छेहरु ठाउँठाउँमा भत्किन नपरोस् ।
आफुले राखेका यी माग १० वर्ष भइसक्दा पनि सुनुवाई नभएको पुनको गुनासो छ।













