मेयर बालेनको निर्देशन विरुद्ध शिक्षा विभागमा लागेको ताला महानगरले फोड्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं । मेयर बालेन्द्र शाहको निर्देशन विरुद्ध शिक्षा शाखामा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो ।

राति नै महानगरको नगरप्रहरीले ताला फोडेको मेयर बालेन साहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईले जानकारी दिए।’विद्यालयमा राजनीति हुनु हुँदैन र गर्न पनि पाइँदैन,’ उनले भने, ‘विद्यालय भनेको पढ्ने ठाउँ हो। त्यहाँ राजनीति हुनु हुँदैन। यसको विरोधमा लगाइएको ताल्चा हामीले फोडेका हौं।’

महानगरपालिकाले बुधबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।

‘विद्यालयमा राजनीतिक कार्यक्रम नगर्नु’ भन्ने निर्देशनको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं महानगरको शिक्षा विभागमा बिहीबार दिउँसो तालाबन्दी गरेको थियो । भर्नाको नाममा अवैधानिक शुल्क उठाउने विरुद्ध कारबाही नगरेको भन्दै क्रान्तिकारीले तालाबन्दी गरेको थियो ।

 

  • १५ बैशाख २०८०, शुक्रबार १०:१४ प्रकाशित