काठमाडौँ ।
नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार शुक्रबार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो ।
भूकम्प गएसंगै राति नै मानिसहरूको भागाभाग भएको थियो । भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।
पछिल्लो समय बाजुरा केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।













