दाङ ।
दाङमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरी आज बिहान श्रीमानको हत्या गरेकी हुन् ।
हत्या हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका १ स्युजाका ६४ वर्षीय रेशम परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बिहीबार बिहान ९ बजे श्रीमती केशरा परियारले बन्चरो प्रहार गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिएका छन् ।














