पोखरा।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेश गरेका छन् । सत्तारुढ दलले पाण्डेलाई मुख्यमन्त्री बनाउन भन्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेको हो ।
प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।
प्रदेश प्रमुखले आज ४ बजेसम्मको समयसीमा तोकेमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित सुरेन्द्रराजलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका हुन् ।
कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरिएको छ ।
पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज बिहीबारै मुख्यमन्त्री नियुक्त गर्ने तर सपथ भने भोलि शुक्रबार गराउने भएका छन्













